सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेससका सांसद जिपछिरिङ लामाले दोलखाका ५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिएका छन् ।
  • एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्पतालसम्म पुग्न नसकी मृत्यु हुने गरेकाले अस्पताल पुग्न सजिलो होस् भन्दै एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए ।

काठमाडौं । नेपाली कांग्रेससका सांसद जिपछिरिङ लामाले दोलखाका ५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिएका छन् । एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्पतालसम्म पुग्न नसकी मृत्यु हुने गरेकाले अस्पताल पुग्न सजिलो होस् भन्दै एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए ।

कांग्रेस नेता लामाले पाँचवटा गाउँपालिकालाई एकएक वटा एम्बुलेन्स दिएका हुन् । लामाले दोलखाको तामाकोशी गाउँपालिका ३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६, विगु गाउँपालिकाकै स्वामित्व हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स खरिदमा आफू सांसद भएपछिको तलबभत्ताको रकम खर्च गरेको दाबी गरे । सांसद लामाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको तेङ्मा दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

उनले गत वर्ष पनि दोलखाको खारेमा एक एम्बुलेन्स हस्तान्तरण गरेका थिए । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेद्भाव नगरी सेवा दिन सबैलाई आग्रह गरे । यो पार्टी, ऊ पार्टीको नभनी सबैलाई सेवा दिन आग्रह समेत गरेका छन् । मेरा लागि सबै दोलखावासी समान हुन् अझै थप पाँच एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?