नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ

सारांश

  • नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।
  • उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो ।
  • प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं.

नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको हो ।

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं.२ बाट निर्वा्चित हुनुुभएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो ।

सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुनुुहुन्छ । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उहाँ विजयी हुनुुभएकोे हो ।

शपथपछि सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुुभयो– “संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।”

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, सङ्घीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित हुनुुहुुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?