यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले

सारांश

  • एजेन्सी।
  • निजी जीवनमा शाहरुख खानको मनमा एक मात्रै युवतीले राज गछ्र्रिन्, ती हुन उनकी पत्नी गौरी खान।
  • शुक्रबार बलिउडका बादशाह शाहरुख खान आफ्नो ५३ औं जन्म दिन मनाइ रहेका छन्।

एजेन्सी। निजी जीवनमा शाहरुख खानको मनमा एक मात्रै युवतीले राज गछ्र्रिन्, ती हुन उनकी पत्नी गौरी खान। शुक्रबार बलिउडका बादशाह शाहरुख खान आफ्नो ५३ औं जन्म दिन मनाइ रहेका छन्। किङ खानका नामबाट चर्चित शाहरुख धेरै युवतीको धडकन हुन्। शाहरुख खानले बलिउड फिल्म उद्योगलाई ९० भन्दा धेरै फिल्म दिइसकेका छन्। उनले धेरै जसो रोमान्टिक फिल्ममा नै अभियन गरेका छन्। व्यावशायिक जीवनको कुरा गर्दा शाहरुख खानले धेरै युवतीसँग रोमान्स गरेका छन्। तर निजी जीवनको कुरा गर्दा उनको मुटुमा एकमात्र युवतीले राज गर्ने गरेकी छन्, उनी हुन् शाहरुखकी पत्नी गौरी खान।

गौरीको सम्बन्ध त्यतिबेला शाहरुखसँग जोडिएको थियो जतिबेला उनको बलिउडमा खासै पहिचान थिएन। दुवैले प्रेम विवाह गरेका हुन्। धर्म अलग भएका कारण किंग खान र गौरीले धेरै समस्यासँग जुध्नुपर्यो। तर अन्तिममा उनीहरुबीच विवाह भएरै छाड्यो। विवाह भएको यत्तिका वर्षपछि पनि दुवैबीचको प्रेम यथावत नै छ। तर के तपाइँलाई थाहा छ, शाहरुख खानको एउटा हर्कतबाट आजित भएकी गौरीले उनलाई छोडेर हिँडेकी थिइन्। १९९१ मा शाहरुख खानसँग विवाह गर्नुपूर्व गौरीको पूरा नाम गौरी छिब्बर थियो। गौरी दिल्ली युनिभर्सिटीको महिला श्रीराम कलेजमा अध्ययन गर्थिन्। यी दुवैको पहिलो भेट १९८४ मा एक पार्टीमा भएको थियो। त्यतिबेला शाहरुख खान मात्र १८ वर्षका थिए। शाहरुख पहिला गौरीप्रति निकै सकारात्मक थिए। उनलाई गौरीले अरु कुनै युवकसँग गफ गरेको तथा कपाल खुला राखेको मन पर्दैन थियो। यी कारणले गर्दा आजित भएकी गौरी शाहरुख खानलाई छोडेर एक दिन मुम्बई गइन्।

तर, गौरीलाई आफू भन्दा धेरै माया गर्ने शाहरुख गौरीलाई फकाउन मुम्बई नै पुगे। शाहरुख खान आफूलाई फकाउन मुम्बई आएको देखेपछि गौरी निकै भावुक भइन्। र, उनीहरुले त्यति बेला विवाह गर्ने निधो गरेका थिए। उनीहरुले १९९१ मा विवाह गरेका थिए। अहिले उनीहरुका तीन सन्तान आर्यन, सुहाना र अबराम छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरण:  प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
निर्मला पन्त हत्या प्रकरण: प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
टिपरले ठक्कर दिँदा दुईको मृत्यु
टिपरले ठक्कर दिँदा दुईको मृत्यु
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
विराटनगर आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण जाँच गरिदिने
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
स्ववियु चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या
१४ फ्रेबुअरीमा  सत्य प्रेम
१४ फ्रेबुअरीमा सत्य प्रेम
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई किनाराको साक्षी मात्रै
एमालेले अन्य दलसँग तालमेल गर्ने
एमालेले अन्य दलसँग तालमेल गर्ने
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी

तपाईंले छुटाउनुभयो कि?