१४ फ्रेबुअरीमा सत्य प्रेम

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १, २०७३
|
|
२९२७ पटक हेरिएको
Shares
१४ फ्रेबुअरीमा  सत्य प्रेम

सारांश

  • एउटा सत्य प्रेम, त्यो सफल हुन्छ ने भन्न सकिन्न ।
  • साँचो माया गर्नेहरुबीच एउटा भनाइ नै छ, ‘पाउनुमात्र नभएर गुमाउनु पनि प्रेम हो ।
  • ’ तर, जुन प्रेम सत्य अर्थात् अन्तरहृदयमै छ त्यो गुमाएर पनि सम्झनाको खिल बनिरहछ ।

एउटा सत्य प्रेम, त्यो सफल हुन्छ ने भन्न सकिन्न । साँचो माया गर्नेहरुबीच एउटा भनाइ नै छ, ‘पाउनुमात्र नभएर गुमाउनु पनि प्रेम हो ।’ तर, जुन प्रेम सत्य अर्थात् अन्तरहृदयमै छ त्यो गुमाएर पनि सम्झनाको खिल बनिरहछ । १४ फ्रेबुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ प्रेमिल जोडीको मनको संघारमै आइसकेको अवस्थामा क्याफे, बार र कफिशपहरुमा प्रेम प्रशंग चल्नु पनि स्वभाविकै हो । तर, यसैबेला एउटा यस्तो प्रेमकथा सार्वजनिक भएको छ, जसले साँचो प्रेम गर्नेहरुलाई मात्र नभई प्रेमको अर्थ बुझ्न चाहनेहरुका लागि पनि ‘भ्यालेनटाइन’ खुराक बन्न सक्छ हो, १४ फ्रेबुअरी (जसलाई पछिल्लो समय संसारमा प्रणय दिवश पनि भनिन्छ) आउन २४ घण्टामात्र बाँकी हुँदा एउटा सत्य प्रेमको यर्थातता चित्रित चलचित्र ‘१४ फ्रेबुअरी’ डिजिटल मिडिया यु–ट्युबमार्फत एकसाथ संसारभरका लागि सार्वजनिक गरिएको छ ।
युवा गीतकार तथा मोडल दर्पण राई निर्देशित यस छोटो चलचित्रलाई आइतबार (आजै) रिलिज गरिएको हो । यो यस्तो चलचित्र हो, जसले आवाजविहिन प्रेममा भावनाहरु तरंगित गरेको छ । यस साइलेन्स फिल्ममा दर्पण राई र सम्झना राईले आफ्नो अभिनयमार्फत नै करिब १५ मिनेटमा सत्य प्रेममा के हुन्छ ? के हुन्न ? भन्ने स्पष्ट रुपमा दर्साएका छन् ।

दर्पण र सम्झनाको अभिनयलाई ध्वनीमार्फत अझ प्रष्टाउन खोजिएको छ । यो ‘भ्यालेनटाइन–डे’ लाई लक्षित गरिएकाले ‘१४ फ्रेबुअरी’मा प्रेमका सकरात्मक सन्देश दिने प्रयत्न गरिएको छ किनकि, संसारका प्रेम जोडीहरुको प्रेम सधैं सफल होस् भन्ने कामना ‘भ्यालनेटाइन–डे’ले गरेको हो । प्रेममा स्वतन्त्रताकै पक्षमा युवाबीच मनाउन थालिएको ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवशलाई थप चर्चामा ल्याउने यो चलचित्रको ध्येय हो ।
यस चलचित्रका तथा नायक दर्पण भन्छन्, ‘यो फिल्म भ्यालेनटाइन मनाउनेहरुका लागि मात्र नभएर प्रेम गर्ने सम्पूर्ण वर्गका लागि हो । तर, एउटा प्रेमकथा भएकाले भ्यालेनटाइन लक्षित गरेर सार्वजनिक गरिएको हो ।’ यो चलचित्र केही दिनअघि पोखरामा प्रिमियर गरिएको थियो, जहाँ दर्शकले अति रुचाएको र कतिपयको आँखा रसाएको दर्पणले बताए ।
एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबुअरी’ का लागि म्युजिक गायक तथा संगीाकार विनय केटुले गरेका हुन् भने सम्पादन प्रेम शर्माले । ‘१४ फ्रेबुअरी’लाई एमएमएस इन्टरटेनमेन्टले नै आफ्नो यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । चलचित्र हेरिसकेपछि कस्तो लाग्यो ? प्रतिक्रिया दिन दर्पणले आग्रह गरेका छन् । यस चलचित्रलाई डम्मर राईले खिचेका हुन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ