मन्त्रिपरिषद स्थगित, कुलमानको नियुक्तिको सम्भावना भोली !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक मन्त्रीले जानकारी दिए ।
  • आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भोलि बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो ।

प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतको दाबी छ । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ । आज बैठक बसेको भए घिसिङको नियुक्ती आजै हुने थियो । तर, मन्त्रिपरिषद बैठक भोलिमात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि भोलि नै हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?