लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
लोमान्थाङमा बस्यो नेपाली सेनाको क्याम्प

सारांश

  • मुस्ताङ ।
  • हिमाल पारिको जिल्ला भनेर चिनिने उपल्लो मुस्ताङ लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना गरिएको छ ।
  • जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी बसेको क्याम्पमा ५० जना सेनाको टोली खटाइएको छ ।

मुस्ताङ । हिमाल पारिको जिल्ला भनेर चिनिने उपल्लो मुस्ताङ लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना गरिएको छ । जोमसोमस्थित बज्रदल गणअन्तर्गत रहने गरी बसेको क्याम्पमा ५० जना सेनाको टोली खटाइएको छ ।

तिब्बतसँगको सीमा कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा आइतबारदेखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना भएको हो ।

सेनाको क्याम्प राख्न १२ सय १७ रोपनी जग्गामा भवनलगायतका पूर्वाधार निर्माण गरिएको छ । क्याम्पमार्फत सुरक्षा गतिविधिसँगै उच्च भूगोलको सैनिक तालीम सञ्चालन र विपद् व्यवस्थापनसम्बन्धी गतिविधि हुने जनाइएको छ ।

आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । क्याम्प स्थापना भएपछि उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने प्रजिअ क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?