तुलसीपुरमा बुलबुल यात्रा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
तुलसीपुरमा बुलबुल यात्रा

सारांश

  • तुलसीपुर, वैशाख २७ ।
  • श्रृतिसंवेग र बुलबुल जस्ता लोकप्रिय कार्यक्रमका प्रस्तोता अच्युत घिमिरे तुलसीपुर आउने भएका छन् ।
  • वुलबुल पब्लिकेशनले प्रकाशन गरेको प्रेम कथामा आधारित उपन्यास एक सर्को मायाको प्रवद्र्धनका क्रममा उनी तुलसीपुर आउने भएका हुन् ।

तुलसीपुर, वैशाख २७ । श्रृतिसंवेग र बुलबुल जस्ता लोकप्रिय कार्यक्रमका प्रस्तोता अच्युत घिमिरे तुलसीपुर आउने भएका छन् । वुलबुल पब्लिकेशनले प्रकाशन गरेको प्रेम कथामा आधारित उपन्यास एक सर्को मायाको प्रवद्र्धनका क्रममा उनी तुलसीपुर आउने भएका हुन् ।

तुलसीपुरको एकान्त होटेलमा शुक्रवार साँझ साढे ४ वजे हुने कार्यक्रममा घिमिरेले पुस्तकका लेखक जिएस पौडेलसँग अन्तक्र्रिया गर्नेछन् । कार्यक्रममा पुस्तकका वारेमा चर्चा र परिचर्चासँगै दाङका विभिन्न गजलकारहरुले गजल समेत प्रस्तुत गर्ने आयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् । आचार्यले कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?