तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….

सारांश

  • काठमाडौं।
  • आफ्नो तारिफ आफैंले गर्नुलाई अहंकार भनिन्छ।
  • आफ्नो लक्ष्यसम्म पुग्नका लागि कडा मेहनत आवश्यक हुन्छ।

काठमाडौं। आफ्नो तारिफ आफैंले गर्नुलाई अहंकार भनिन्छ। आफ्नो लक्ष्यसम्म पुग्नका लागि कडा मेहनत आवश्यक हुन्छ। त्यसपछि जुन सफलता प्राप्त हुन्छ, त्यसलाई पहिचान गर्नु पनि मुश्किल काम हो। मानिस जब सफलता प्राप्त तब उनीहरुलाई अरुलाई देखाउँछन्। अरुलाई आफूले निकै ठूलो काम गरेँ भनेर देखाउन चाहन्छन्।श्रीरामचरित मानसको सुन्दरकाण्डमा हनुमानजीबाट के सिक्न सकिन्छ भने जति ठूलो सफलता प्राप्त भएपनि हामी शान्त हुनुपर्छ। आफ्नो सफलता अरुको मुखबाट सन्न पाइयो भने हामीलाई घर परिवार र समाजमा विशेष सम्मान प्राप्त हुन्छ।

रामायणको एउटा प्रसंगका अनुसार हनुमानजी सीताको खोजीमा लंका गए। त्यो काम सजिलो थिएन। समुद्र पारेर गरेर लंका पुग्नु र रावणको राज्यमा सीताको पत्ता लगाउन निकै जटिल काम थियो। तर हनुमानजीले यो काम निकै राम्रोसँग गरे। लंका जलाएर सीताजीलाई सन्देश दिएपछि श्रीराम भएको ठाउँमा आउनु हनुमानजीको सफलताको चरम सीमा थियोे।

हनुमानजीले चाहेको भए आफूले गरेको कामको बयान श्रीरामको अगाडि गर्न सक्ने। जस्तै आजको समयमा धेरै जसो मानिस आफ्नो सफलताको कहानी अरुलाई सुनाउन लालाहित हुन्छन्। तर उनीहरुलाई शान्ति प्राप्त हुँदैन।हनुमानजीले जे काम गरेर आए, त्यो गाथा जामवंतले श्रीरामलाई सुनाए।

श्रीरामचरित मानसमा लेखिएको छ–
नाथ पवनसुत कीन्हि जो करनी। सहसहुं मुख न जाइ सो बरनी।।
पवनतनय के चरित्र सुहाए। जामवंत रघुपतिहि सुनाए।।

जामवंत भन्छन्–हे नाथ ! पवनपुत्र हनुमानजीले के काम गरे, त्यो कामको हजार मुखले पनि वर्णण गर्न सकिँदैन।

सुनत कृपानिधि मन अति भाए। पुनि हनुमान हरषि हियं लाए।।

यो गाथा सुनेपछि कृपानिधि श्रीरामचन्द्रजीलाई निकै आनन्द भयो। श्रीराम खुशी भएर हनुमानजीलाई आफ्नो हृदयमा लगाउँदै अंकमाल गरे। परमात्माको हृदयमा स्थान स्थान पाउनु भनेको आफ्नो प्रयासको सबैभन्दा ठूलो पुरस्कार हो।यदि हामीले यी कुरालाई ध्यानमा राख्ने हो भने हाम्रो सफलताको कारणले घर परिवार र समाजमा हामीलाई विशेष स्थान हासिल हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?