​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
​जनमुक्ति सेनाको ४० लाख हाइड्रोपावरमा डुब्यो

सारांश

  • काठमाडौं, २० कात्तिक ।
  • दश वर्षे माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीले जनमुक्ति सेनाबाट उठाएर ४० लाख रुपैयाँ लगानी गरेको हाइड्रोपावर डुबेको छ ।
  • सिन्धुपाल्चोक माओवादीका नेताहरु माधव सापकोटा सुबोध, सरल सहयात्री पौडेल र युवराज दुलाल सरदको अगुवाईमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका (साविक तातोपानी गाविस–४)मा अवस्थित भैरवकुण्ड हाइड्रोपावरमा जनमुक्ति सेनाको ४० लाख लगानी गरिएको थियो ।

काठमाडौं, २० कात्तिक । दश वर्षे माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीले जनमुक्ति सेनाबाट उठाएर ४० लाख रुपैयाँ लगानी गरेको हाइड्रोपावर डुबेको छ । सिन्धुपाल्चोक माओवादीका नेताहरु माधव सापकोटा सुबोध, सरल सहयात्री पौडेल र युवराज दुलाल सरदको अगुवाईमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका (साविक तातोपानी गाविस–४)मा अवस्थित भैरवकुण्ड हाइड्रोपावरमा जनमुक्ति सेनाको ४० लाख लगानी गरिएको थियो ।

उक्त हाइड्रोपावरमा सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं, एनएमबी बैंक लि., एनआइसी एसिया बैंक, मन्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले लगानी गरेका थिए । तोकिएको समय घर्किसक्दा पनि विद्युत उत्पादन नभएपछि २०७५ असोज १२ मा बैंकले पैसा तिर्न र नतिरे आयोजना र जमानतकर्ताको चलअचल सम्पत्ति लिलाम गर्ने सूचना निकालेको थियो । उक्त आयोजनाको सुरुङ निर्माण नै त्रुटिपूर्ण भएपछि विद्युत उत्पादन नै हुन नसकेको र समयमा साँवा ब्याज केही नतिरेपछि बैंकले कालोसूचीमा किन नराख्ने भनेर सूचना जारी गरेको छ ।

सुरुङबाट पानी पठाउने क्रममा अन्तैबाट निस्केपछि मानिसहरुको घर नै भत्किन पुगेपछि आयोजनाले क्षतिपूर्ति तिर्नुपरेको थियो । सुरुङबाट पानी अन्तै गएपछि आयोजनाबाट विद्युत उत्पादन नै अन्योलमा परेको छ । ३ मेघावाट विद्युत उत्पादन हुने भनिएको आयोजना त्यसपछि अन्योलमा छ । त्यसपछि बैंकले सबै ब्यक्तिगत र संस्थागत जमानी बस्नेहरुलाई ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र तिर्नुपर्ने रकम नतिरे बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार सबै संचालकहरुको चल अचल सम्पत्ति र धितो लिलाम गर्ने जनाएको छ । र, कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख छ । ऋणी भैरवकुण्ड हाइड्रोपावर र ब्यक्तिगत जमानकर्ताहरुको नाम ठेगाना सहित बैंकले सूचना निकालेको छ ।

भैरवकुण्ड हाइड्रोपावरको संचालकमध्येकै हुन् माधव सापकोटा । उनी नेकपाका नेता अग्निप्रसाद सापकोटाका भतिजा हुन् । दुलाल ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री हुन् ।  सरल सहयात्री पौडेल वाम गठबन्धन नभएको भए सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामै टिकट पाउने दाबेदार हुन् । पौडेलले भैरवकुण्ड हाइड्रोपावरमा सीतराम बस्नेतलाई अगाडि सारेर प्रशारण लाइनको ठेक्का लिएका हुन् । युवराज दुलालले दुवैतिर कमिसन खाएको आरोप छ । सानिमा बैंकले निकालेको सूचनामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेडका नाममा ऋण लिएर नतिर्नेहरुमा ब्यापारीहरु बच्चु पौडेल, बिष्णुबहादुर खत्री, दुर्गाबहादुर श्रेष्ठ चन्द्रबहादुर शेर्पा, साङदोर्जे शेर्पा, साङबु शेर्पा, अमृतबहादुर खड्का छन् ।

त्यसैगरी कृष्णप्रसाद भण्डारी, अर्जुनबहादुर थापा, वीरबहादुर भण्डारी, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ,  बज्र फाउन्डेसनका अध्यक्ष रामकाजी पौडेल, केशरबहादुर थापा, सीताराम बस्नेत, कमलकुमार श्रेष्ठ, गोविन्द पराजुली, अनिलभक्त श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ लगायत २४ जनाको नाममा पनि सूचना जारी गरेको छ । संस्थागत जमानीकर्ताहरुमा सामना मल्टिपल इन्भेष्टमेन्ट प्रालि, सुविधा शक्ति इन्भेष्टमेन्ट प्रालि, एमएनके गु्रप प्रालि, मल्ली मर्चेन्ट एण्ड इन्भेष्टमेन्ट प्रालि र लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था छन् ।

(Provigil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?