ऋषी धमलामाथि पनि ‘मी टु’ आरोप !
सारांश
- काठमाडाैं, १९ कात्तिक ।
- अमेरिकाको क्यालिफोनिर्याबाट सुरु भएको ‘मीटु’ अभियानले भारतमा त हल्का मच्चाएपछि अहिले यसको प्रभाव नेपालमा पनि परिरहेको छ ।
- मन्त्रीदेखि व्यापारीसम्म मुछिएका यो अभियानमा पत्रकारहरु पनि अछुतो रहन सकेनन् ।
काठमाडाैं, १९ कात्तिक । अमेरिकाको क्यालिफोनिर्याबाट सुरु भएको ‘मीटु’ अभियानले भारतमा त हल्का मच्चाएपछि अहिले यसको प्रभाव नेपालमा पनि परिरहेको छ । मन्त्रीदेखि व्यापारीसम्म मुछिएका यो अभियानमा पत्रकारहरु पनि अछुतो रहन सकेनन् । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेपछि विस्तारै यसले आफ्नो प्रभाव जमाउन थालेको हो ।
काठमाडाैं महानगरपालिकाकी तत्कालिन अस्थायी कर्मचारीले स्थापितमाथि यौन हिंसाको आरोप लगाएकी थिइन् । स्थापितले कार्यक्षेत्रमा उनीमाथि यौन हिंसा गरेको आरोप लागेको थियो ।
त्यस्तै वरिष्ठ पत्रकार ऋषी धमलामाथि पनि ‘मी टु’को आरोप लगाउने चेतावनी आएको छ । धमलामाथि नेपाली चलचित्रकी एक जना नायिकाले ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् । धमलामाथि एक टेलिभिजनमा अन्र्तवार्ता दिँदै नायिका रेखा थापाले उनीमाथि ‘मी टु’को आरोप लगाउने चेतावनी दिएकी हुन् । ‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ धमलासँगको अन्र्तवार्तामा नायिका थापाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यसले तपाइँले सोध्न मिल्दैन ।’
अन्तर्वार्ताक्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाह र उनको विवाहको कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् । रेखाको चेतावनी सुनिरहेका धमला भने मुसुमुसु हाँसिरहेका थिए ।
आफ्नो चलचित्र मालिकाको प्रचारका लागि टेलिभिजनमा अन्र्तवार्ता दिन पुगेकी नायिका थापाले आफू हिंसाको शिकार भएको भन्दै यस्तो चेतावनी दिएकी हुन् । धमलासँग रुष्ट बनेकी थापाले आफ्नो चलचित्र हर्न अनुरोध गर्न भने भुलिनन् । उनले आफ्नो चलचित्र उत्कृष्ट रहेको भन्दै चलचित्र हलमा गएर हेर्न अनुरोध गरेकी छन् ।
(Ultram)
प्रतिक्रिया