धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
४७० पटक हेरिएको
Shares
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

सारांश

  • धादिङको मलेखुस्थित जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
  • झडपमा तीन जना छात्रा घाइते भएका छन् ।
  • गम्भीर घाइते अखिल क्रान्तिकारीकी सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ ।

धादिङको मलेखुस्थित जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । झडपमा तीन जना छात्रा घाइते भएका छन् । गम्भीर घाइते अखिल क्रान्तिकारीकी सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ ।


एमाले अखिलका विद्यार्थीहरुले ईंटा प्रहार गरेर आफ्ना विद्यार्थी घाइते बनाएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज यादव गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार ईंटा लागेर भट्टको टाउकोमा गम्भीर चोट लागेको छ । यसैगरी सुस्मा रुपाखेती र पार्वती सेढाईंको अवस्था सामान्य छ ।
झडपका कारण क्याम्पस परिसर तनावग्रस्त भएपछि सबैको संयुक्त बैठक बसेर स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?