सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सञ्चिता लुईंटेलकाे चलचित्र प्रदर्शनको भोलिपल्टै हलबाट हटाइएपछि…

सारांश

  • काठमाडाै, ३ मंसिर ।
  •   कार्तिक ३० गतेदेखि रिलिज भएको सिनेमा ‘गुनगुन’लाई बालाजुस्थित अष्ट नारायण हलले हटाएको छ।
  • शुक्रबार रिलिज भएको सिनेमालाई रिलिज भएको भोलिपल्टै हलबाट हटाइएको हो।

काठमाडाै, ३ मंसिर ।  कार्तिक ३० गतेदेखि रिलिज भएको सिनेमा ‘गुनगुन’लाई बालाजुस्थित अष्ट नारायण हलले हटाएको छ। शुक्रबार रिलिज भएको सिनेमालाई रिलिज भएको भोलिपल्टै हलबाट हटाइएको हो।बिनाजानकारी अष्टनारायण हलले आफ्नो सिनेमा हटाएपछि निर्माता पुकार भट्टराईले क्षतिपूर्तिको माग गर्दै हललाई कारबाही गर्नुपर्ने माग राखेका छन्। सिनेमा निर्माण र प्रर्दशन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारवबाही माग गरेर निर्देशक समेत रहेका भट्टराईले चलचित्र निर्माता संघमा निवेदन पेश गरेका छन्। गुनगुन सिनेमा गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो।

सञ्चिता लुईंटेल, रवीन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दीप राई, विपिन प्रसाईं र निर्देशक भट्टराईको अभिनय रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?