मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

सारांश

  • काठमाडौं ।
  • काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रहरीको प्रतिवेदनले देखाएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

काठमाडौं । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रहरीको प्रतिवेदनले देखाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए ।

चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिएको प्रहरीले जनाएको छ ।

महिलाले मापसे गरेपनि प्रहरीले चेक गर्दैन भन्ने मान्यताकारण पनि महिलाहरुले लापरबाही गरेको प्रहरीको अनुमान छ ।

लेन अनुशासनतर्फ आव २०७४/७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
Shashank Khaitan: ‘I don’t want Janhvi Kapoor and Ishaan Khatter to be under undue pressure’
Shashank Khaitan: ‘I don’t want Janhvi Kapoor and Ishaan Khatter to be under undue pressure’
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
कोरोनाबाट आज ६ जनाको मृत्यु
कोरोनाबाट आज ६ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु