राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राजधानीमा विपद् व्यवस्थापन सम्बन्धी अभ्यास शुभारम्भ

सारांश

  • काठमाडौं, ९ असोज ।
  • नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक (USARPAC) को संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा सञ्चालन हुने Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास …Unity of effort IV’ को शुभारम्भ भएको छ ।
  • प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले विशेष समारोहका बीच शुभारम्भ गरेका हुन् ।

काठमाडौं, ९ असोज । नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको युएस आर्मी प्यासिफिक (USARPAC) को संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा सञ्चालन हुने Disaster Response Exercise and Exchange (DREE) अन्तरगत अभ्यास …Unity of effort IV’ को शुभारम्भ भएको छ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले विशेष समारोहका बीच शुभारम्भ गरेका हुन् ।

यस किसिमको संयुक्त अभ्यासले प्राकृतिक विपदमा छोटो समयभित्र गरिने उद्धार कार्य तथा जनधनको न्युनतम क्षतिको लागि अपनाइने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिबृद्धि गर्न मद्दत पुराउने बताइएको छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुबीच एकैसाथ भूकम्प लगायत अन्य विपद् व्यवस्थापन कार्य गर्नसक्ने क्षमताको अभिबृद्धि गर्नु यस अभ्यासको उद्देश्य रहेको छ । अभ्यासको दौरान खोज र उद्धारको प्रयास तथा घाइतेहरुको उपचार प्रक्रिया सम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यासहरु श्री उपत्यका पृतना हेडक्वाटर परिसर लगायत अन्य विभिन्न स्थानहरुमा सञ्चालन गरिने बताइएको छ ।

मित्रराष्ट्र अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानाडा, डेनमार्क, इजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंका गरी जम्मा १३ देशका ६४ प्रतिनिधिहरु यो अभ्यासमा सहभागी छन् । अभ्यासमा नेपाल सरकारका बिभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकायहरु, विभाग, रेडक्रस लगायत विपद् ब्यवस्थापनमा कार्यरत संघसंस्थाहरुको समेत गरी २३८ जनाको सहभागिता रहेको छ । विपद व्यबस्थापनसम्बन्धी यस्तो अभ्यास नेपालमा सन् २०११ बाट नेपाली सेनाले गर्दै आएको छ ।

उक्त कार्यक्रमको दौरान नेपाली सेनाका प्रधानसेनापति थापाले कार्यक्रमको शुभारम्भ सम्बोधन गरेका थिए । त्यस अवसरमा गृहसचिव प्रेमकुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक संजीव गौतम र नेपालस्थित अमेरिकी राजदूतावासका ःष्अजबभ िऋ। न्यलशबभिक ले आ–आफ्नो मन्तव्य राखेका थिए । समुदघाटन कार्यक्रममा बलाधिकृत रथी हेमन्तराज कुँवर, अन्य सुरक्षा निकायका प्रमुखहरु, रथीबृन्द, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी लगायत अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?