मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • डडेल्धुरामा हिजो विहिबार साँझ मेला हेरेर डोटी फर्कदैं गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
  • डडेल्धुराको अमरगढी रडुवाखोलामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

काठमाडौं । डडेल्धुरामा हिजो विहिबार साँझ मेला हेरेर डोटी फर्कदैं गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी रडुवाखोलामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। स्कुल बस भाडामा लगिएको थियो ।

डडेल्धुरामा हुने उग्रतारा भगवती मेला देहिजात हेरेर फर्कदा से १ क २९३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खोलामा खसेको छ। बसमा विद्यार्थी तथा शिक्षक गरी करिब ३० भन्दा बढी सवार रहेको जनाइएको छ।

उद्दार गरिएका घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। दुर्घटना लगत्तै सुरक्षा निकाय र स्थानीय वासिन्दा उद्दारमा खटेका छन्।

क्षमता भन्दा बढी विद्यार्थी बसमा सवार थिए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार क्षमता भन्दा बढी बसमा चढेका थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?