जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्यु भएको आसँका…
सारांश
- ८ असार, काठमाडौं ।
- बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ ।
- घटनामा तीनजना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।
८ असार, काठमाडौं । बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा तीनजना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।
बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो ।

‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी राखेको गाडी चेप्ट्यायो, घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छौं’ जोरपाटीका असई गणेश श्रेष्ठले बताए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएको छ । तर, चालक भने फरार छन् ।
चालक माइक्रोबस व्यवसायी समितिको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दियो ।दुर्घटनापछि जोरपाटीवासीमा त्रास र तनाव देखिएको छ ।
प्रतिक्रिया