शेयर लगानीकर्ताद्वारा नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
शेयर लगानीकर्ताद्वारा नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ

सारांश

  • काठमाडौं।
  • अनलाइन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन्।
  •   शेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कातिक २० गतेबाट सुरु गरिएको अनलाइन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन्।

काठमाडौं। अनलाइन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज कार्यालय घेराउ गरेका छन्।  शेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कातिक २० गतेबाट सुरु गरिएको अनलाइन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन्।

आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाइन प्रणली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनु परेको शेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले बताए।

शेयर लगानीकर्ताहरुले के कारणले सो अनलाइन प्रणालीमा सुधार आउन नसकेको हो? त्यसको स्पष्ट जवाफ दिन पनि स्टक एक्सचेञ्जका पदाधिकारीसँग माग गरेका छन्। उनीहरुले सो अनलाईन प्रणालीमा सुधार नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन्। सरकारले गत कातिक २० गतेबाट सुरु गरेको अनलाइन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन्।

भेन्टर कम्पनीमार्फत् सो अनलाईन प्रणाली भित्रयाइएको हो। सेयर लगानीकर्ताहरुले स्टक एक्सचेञ्जले कमिशन खाएर भित्रयाएकाले त्यसमा सुधार नआएको आरोप समेत लगाएका छन्। शेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाईन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन्।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको सो प्रणालीको संचालन सुस्त भएपनि अव समस्या नआउने प्रतिवद्धता व्यक्त गरे। उनले सेयर बजारको अन्य सूचनामा भने कुनै कमी नभएको दावी समेत गरे।
लगानीकर्ताहरुले भने साउदको सो भनाइमा सत्यता नरहेकोे दावी गर्दै विरोधमा चर्काे नाराबाजी गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?