बाख्राको मासुमा सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
७५ पटक हेरिएको
Shares
बाख्राको मासुमा  सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !

सारांश

  • नवलपरासी, २७असोज ।
  •  खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ ।
  • नवलपरासीकाे परासी बजारमा खसीको मासु देखिने गरि सुपर ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।

नवलपरासी, २७असोज । खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ । नवलपरासीकाे परासी बजारमा खसीको मासु देखिने गरि सुपर ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।  बुधबार परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको उक्त कार्य भेटाएकाे हाे । अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको हाे ।

हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ । मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्कोतर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो ।उनले भने ।

एकातिर मासु शुद्ध छैन अर्कोतर्फ उचित मूल्य र मूल्यमा एकरूपता छैन । फुटपातमा बेचिने मासु बिक्रीबाट बचेपछि घर लगेर फ्रिजमा पनि हालिँदैन त्यहि बिग्रेको मासु भोलिपल्ट फेरि अर्को बजारमा आइपुग्छ ।  जिल्लाको सदरमुकाम परासी बजारमा रहेको आधा दर्जन मात्र खसीको मासु पसल दर्ता छन् । जिल्लाको विभिन्न हाटबजार र फुटपातमा लगाइने खसीको मासु पसल सय भन्दा बढि नै छन् तर ९० भन्दा बढि पसल नै दर्तामा छैनन् ।

खशीको मासु बेच्ने मासु व्यवसायीहरू गाउँ–गाउँमा खरिद गरेका बाख्रीहरूलाई खशीको मासु भन्दै उपभोक्ताहरूलाई झुक्याउने र ठग्ने गरेका छन यसको नियन्त्रण र निरन्तर अनुगनमका लागि अनुगमन समिती र सम्बन्धित निकाय भने मौन बसेको छ । खसी मात्र होईन, कुखराको मासु पसलमा पनि उस्तै हालत छ । सदरमुकाम परासी बजारमा रहेको एक दर्जन भन्दा बढि पसल सम्बन्धित निकायमा दर्ता छैनन तर जिल्ला भरि हेर्ने हो भने सयाैको संख्यामा कुखुराको मासु पसल छन् । सडकका छेउ–छाउ र हाटबजारमा अव्यस्थित तथा दर्ता नभएको कुखुरा मासु पसललाइ पनि नियन्त्रण गर्ने तर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । परासी लगायत सिमा क्षेत्रका बजारहरूमा रहेको अधिकांश कुखुरा मासु पसलले भारतबाट बर्डफ्लु संक्रमण भएको कुखुरा एवं अवैध कुखुरा नेपाल भित्राई सोको मासु विक्री वितरण गरेको पाईन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
डाक्टरले आन्दोलन गर्दा बिरामीले सास्ती पाए, सरकार चुप
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा