सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा

सारांश

  • काठमाडौ ।
  • सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।
  • नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी ९सम्पूर्ण० परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु।

काठमाडौ । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी ९सम्पूर्ण० परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु। १ लाख सम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खाता योजनामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु १० लाखको दुर्घटना बीमा, रु ३ लाखको ६ घातक रोगहरुको बीमा, रु २५ हजारको अवधिक जीवन बीमा र रु। ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरिएको छ ।

यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा बापत् सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं उपलब्ध गराएर औषधी उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुने बैंकले जनाएको छ ।

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान हुने बैंकले जनाएको छ ।

बैंकको १२७ कार्यालय र १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीअब झन् सुदृढ हुन्छः दाहाल
पार्टीअब झन् सुदृढ हुन्छः दाहाल
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने क्रान्तिकारीको निर्णय
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
आजको मौसमः गण्डकी र लुम्बिनिमा पानी पर्ने
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व
रेडक्रस नुवाकोटमा नयाँ नेतृत्व
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
स्वास्थ्य सेवा विभागकाे चरम लापर्बाहि, एक पदमा चारजनाकाे सरुवा
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा

तपाईंले छुटाउनुभयो कि?