आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन

सारांश

  • काठमाडाै, १० मंसिर।
  •   प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले इन्टरपोलको महासभामा दुबई जाँदा कोही विवादास्पद व्यक्तिलाई नभेटेको बताएका छन् ।
  • गैरआवासीय नेपाली संघको शुक्रबार भएको कार्यक्रममा मन्तव्य राखेर एक घण्टामै बाहिरिएको बताउँदै त्यहाँ सुन तस्करीसँग जोडिएका र अन्य विवादित व्यक्तिसँग नभेटेको बताए ।

काठमाडाै, १० मंसिर।  प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले इन्टरपोलको महासभामा दुबई जाँदा कोही विवादास्पद व्यक्तिलाई नभेटेको बताएका छन् । गैरआवासीय नेपाली संघको शुक्रबार भएको कार्यक्रममा मन्तव्य राखेर एक घण्टामै बाहिरिएको बताउँदै त्यहाँ सुन तस्करीसँग जोडिएका र अन्य विवादित व्यक्तिसँग नभेटेको बताए । ‘इन्टरपोलको महासभाका क्रममा ५ दिन त्यहाँ रहँदा एनआरएनको कार्यक्रममा गएको हुँ’, खनालले भने, ‘तर त्यहाँ जाँदा पनि मैले कुनै विवादास्पद व्यक्ति आफ्नो छेउमा नआउन् र फोटोसमेत नखिचुन् भनेर पहिले नै सचेत गराएको थिएँ । हुँदै नभएको कुरामा मलाई जोडेर विवादमा ल्याइनु दुःख लाग्दो कुरा भयो ।’

खनालले आफूले एनआरएनको कार्यक्रममा बोल्दै विदेशमा रहँदा नेपाल र नेपालीका शिर झुक्ने काम नगर्न सबैलाई आग्रह गरेको बताए । ‘मैले त्यहाँका नेपालीलाई मातृभूमिको शिर झुक्ने काम नगर्नु भनेर सम्झाएँ’, खनालले भने, ‘तर मैले त्यहाँ सुन तस्करीमा जोडिएका कसैलाई भेटेको छैन र मैले चिनेको पनि थिइनँ । एक घण्टा बसेर म कार्यक्रमबाट निस्किएँ, अब त्यहाँ को आए, को गए मेरो सरोकारको विषय पनि होइन ।’ खनालले आफूलाई बिनाकारण विवादमा ल्याउन खोजिएको भन्दै गुनासो पनि गरेका छन् । ‘नेपाल प्रहरीले अन्तर्राष्ट्रिय सम्मान पाएको कुरा नलेख्ने, हामीले अन्तर्राष्ट्रिय फोरमका गरेको बलियो उपस्थितिबारे मौन हुने तर नकारात्मक कुरामा खेदो गर्ने ?’, खनालले भने, ‘हुँदै नभएको कुरामा विवादमा ल्याउनु भन्दा अगाडि मलाई सीधै आएर सोधे हुन्छ, म जवाफ दिन सदैव तयार छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली
पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली
आन्द्राको शल्यक्रिया सफल
आन्द्राको शल्यक्रिया सफल
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
संविधान :‘पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान
संविधान :‘पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान
प्रम ओलीको डायलासिस
प्रम ओलीको डायलासिस
गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा
गुठी विधेयकमा पुल्ठा झोस्नु गलतः मन्त्री बाँस्कोटा
प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत
प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल
गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?