प्रम ओलीको डायलासिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रम ओलीको डायलासिस

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको डायलसिस गरिएको छ ।
  • शुक्रबार साँढे चार घन्टा लगाएर उनको डायलसिस गरिएको हो ।
  • विहान साँढे नौ बजे डालसिसका लागि मनमोहन काडिर्यो भास्कुलर सेन्टर पुगेका ओली केही समय आराम गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको डायलसिस गरिएको छ । शुक्रबार साँढे चार घन्टा लगाएर उनको डायलसिस गरिएको हो ।

विहान साँढे नौ बजे डालसिसका लागि मनमोहन काडिर्यो भास्कुलर सेन्टर पुगेका ओली केही समय आराम गरेका थिए । ओलीको डायलसिसका कारण नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको भेट सरेको थियो ।

ओली र प्रचण्डबीच सभामुख चयनबारे सहमति गर्नेबारे छलफल तय भएको थियो । ओलीले सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्नि सापकोटाको नाममा अडान लिदै आएका छन् । आज सहमति बनाएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनेबारे छलफल चलेको छ ।

१६ गतेसम्म संसद बैठक स्थगित गरिएको छ । बैठक स्थगित गर्नुमा सभामुखमा सहमति बनाउन समय राखिएको बुझिएको छ ।

मृगौलाको समस्याका कारण ओलीको नियमित डायलसिस गर्नुपरेको छ । उनको १३ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय फेरि मृगौला प्रत्यारोपणको तयारी भइरहेको चर्चा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?