प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपः प्रदेश नं. २ द्वारा १५९ रनको लक्ष्य प्रस्तुत

सारांश

  • काठमाडौँ, १५ जेठ ।
  • काठमाडौँ जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं.
  • २ ले प्रदेश नं.

काठमाडौँ, १५ जेठ । काठमाडौँ जारी प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश नं. २ ले प्रदेश नं. ४ लाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो दिनको पहिलो खेलमा प्रदेश नं. २ ले प्रदेश नं. ४ सामु १ सय ५९ रनको सामान्य लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश नं. २ ले आफ्नो सबै विकेट गुमाउँदै १५८ मात्र बनाउन सकेको थियो । प्रदेश नं. २ का लागि विशाल शुस्लिङले २६ रसिद खानले १८, राहुल प्रताप सिंह र कप्तान मेहवुव आलमले समान १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लाएक पारी खेलेनन् ।
त्यस्तै प्रदेश नं. २ लाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं. ४ का हरी गौचन र अमृत गुरुङले समान ३÷३ विकेट लिए ।

प्रदेश नं. २ हिज भएको खेलमा प्रदेश नं. १ सँग ६८ रनले पराजित भएको थियो ।

आजै किर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश नंं. ६ ले प्रदेश नंं. ३ लाई १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको प्रदेश नं. ६ ले ४७.४ ओभर खेल्दै सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सकेको हो । १७८ रन बनाउने क्रममा प्रदेश नं. ६ का खेलाडि दिवस पुन र रविन्द्र साहिले अर्ध सतकिय पारी खेले । ६४ बल खेलेका दिवसले ३ चौकाको मद्दतमा ५२ रन बनाए भने रविन्द्र साहिले पनि ७९ बलमा ५ चौका प्रहार गर्दै समान ५२ रनको पारी खेले ।
प्रदेश नं. ३ का लागि किशोर महतो र जितेन्द्र ठकुरीले समान २÷२ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?