६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
सारांश
- काठमाडौं, ३ फागुन ।
- वाम गठबन्धनका देशभरका निर्णय र सहमतिहरु धमाधम कार्यान्वयन भइरँदा प्रदेश नं.
- ६ मा भने नेकपा एमालेले सहमति कार्यान्वयनमा लफडा झिकेको छ ।
काठमाडौं, ३ फागुन । वाम गठबन्धनका देशभरका निर्णय र सहमतिहरु धमाधम कार्यान्वयन भइरँदा प्रदेश नं. ६ मा भने नेकपा एमालेले सहमति कार्यान्वयनमा लफडा झिकेको छ । एमालेका तर्फबाट प्रदेश ६ का संसदीय दलका नेता तथा पोलिटव्यूरो सदस्य यमलाल कँडेलले माओवादीका मुख्यमन्त्रीका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई समर्थन नदिएपछि शाही अलपत्र परेका छन् ।
एमालेका नेता कँडेलले मुख्यमन्त्रीको कार्यकाल आधा÷आधा बाँड्नुपर्ने माग तेर्साएका छन् । माओवादीले कार्यकाल आधा आधा बाँड्ने सहमतिपत्र नदिएसम्म समर्थन नदिने कँडेलको दावी छ । बिहीवार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीको दावेदारी पेश गरिसक्नु पर्नेछ । तर, मध्यान्ह १२ बजेसम्म एमालेले आफ्नो अडान छोडेको छैन ।
केन्द्री स्तरमा एमाले माओवादी कार्यदलले टुंग्याएका सम्पूर्ण सहमति कार्यान्वयन भइरहँदा प्रदेश ६ मा भने स्थानीय नेताहरुले लफडा झिकेको माओवादी केन्द्रका नेताले बताए । दुई पक्षीय सहमतिअनुसार नै देशको प्रधानमन्त्रीका लागि समेत माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन दिइसकेको छ । कँडेलले कि माओवादीले कार्यकाल बाँडफाँडको सहमति दिनुपर्ने कि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई छोड्न निर्देशन दिनुपर्ने अडान समातेर बसेका छन् ।
(sapns2)
प्रतिक्रिया