काठमाडौँमा अपहरण गरिएका बालकको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या

सारांश

  • काठमाडौँमा एक बालकको अपहरणपछि हत्या भएको छ ।
  • गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।
  • एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि फेला पारको हो ।

काठमाडौँमा एक बालकको अपहरणपछि हत्या भएको छ । गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए । एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि फेला पारको हो ।

प्रयासको शव हत्या गरी जेब्रा झोलामा राखेको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ ।

प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन् । प्रयास गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?