संविधान दिवसमा प्रभातफेरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
६० पटक हेरिएको
Shares
संविधान दिवसमा प्रभातफेरी

सारांश

  • झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ ।
  • दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
  • संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गर्नुभयो । कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए । जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
शनिबार पनि नेपाल आयल निगमले  पम्पहरुलाई तेल दियो
शनिबार पनि नेपाल आयल निगमले पम्पहरुलाई तेल दियो
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?
कस्ले जित्ला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि ?
रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?
रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा