प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको ४४ औँ बैठक बस्दै, यस्तो छ कार्यसूचि

सारांश

  • काठमाडौँ , ३२ असार ।
  •   प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्तर्गत ४४ औँ बैठक सोमबार (अाज) बस्दैछ ।
  • दिउँसो १ बजे बस्ने बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेसका सांसद गगन थापा र नेमकिपाका प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि तय गरिएको छ ।

काठमाडौँ , ३२ असार ।  प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्तर्गत ४४ औँ बैठक सोमबार (अाज) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेसका सांसद गगन थापा र नेमकिपाका प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि तय गरिएको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्नेछन् । यस्तै ‘बीमा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि छ ।

बैठकमा अर्थ मन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्ुतत गर्ने तयारी बमोजिम कार्यसूचि तयार पारिएको छ । यस्तै बैठकमा सांसद विन्दा पाण्डेले महिलामाथि हुने विभिन्न खालका हिंसाको अन्त्यका लागि व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताका लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिईयोस भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि तय गरिएको छ ।

(https://mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?