अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट

सारांश

  • काठमाडौँ।
  • रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।
  • इशनाथ नगरपालिकामा रहेको उक्त प्रहरी चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन् ।

काठमाडौँ। रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । इशनाथ नगरपालिकामा रहेको उक्त प्रहरी चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा सेन्ट्री पोस्टमा रहेका रन्जित यादब छन् ।प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक चन्दनकुमार छन्।

भारतीय नम्बरको मोटरसाइकलमा आएका चन्दन पक्राउ परेका हुन् । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । मठिया चौकी भारतसँग सिमा जोडिएको क्षेत्रमा पर्छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले दिउँसो पौने १ बजे सेन्ट्रीमा रहेका प्रहरीलाई लक्षित गरि सुतली बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?