शान्ति स्तम्भ सिक्लेसः दाहाल र सिटौलाले उद्घाटन गर्ने
सारांश
- काठमाडौं, २४ मंसिर ।
- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका छन् ।
- दाहाल सार्वजनिक भएको स्थान कास्कीको सिक्लेसमा निर्मित शान्ति स्तम्भको आज उद्घाटन गर्न दुवै नेता सिक्लेस पुगेका हुन् ।
काठमाडौं, २४ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका छन् । दाहाल सार्वजनिक भएको स्थान कास्कीको सिक्लेसमा निर्मित शान्ति स्तम्भको आज उद्घाटन गर्न दुवै नेता सिक्लेस पुगेका हुन् ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६३ असार २ मा दाहाललाई सिक्लेस पुगेर काठमाडौं ल्याएका थिए । शान्ति प्रक्रियाको प्रारम्भिक विन्दुका रुपमा रहेको सिक्लेसमा शान्ति स्तम्भ निर्माण गर्न लागिएको हो ।
मादि गाउँपालिकाले स्तम्भ निर्माणका लागि चालू आर्थिक वर्षमा दस लाख रुपैयाँ विनियोजन गरेको छ । सिक्लेसमा गुरुङ जातिको बसोबास बढी छ । पर्यटकीय क्षेत्र समेत रहेको सिक्लेसमा होम स्टेको सुविधा पनि रहेको छ । यस्तै, दाहालले सिक्लेस जाने बाटोमा बन्न लागेको पुलको सोमवार शिलान्यास गरेका छन् । मादी गाउँपालिका र पोखरा महानगरपालिकाको जोड्न विजयपुल खोलामा पुल निमार्ण हुन लागेको हो ।
प्रतिक्रिया