न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित

सारांश

  • बीबीसी।
  • अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।
  • न्यू रोशलको १.

बीबीसी। अमेरिकामा न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले कोरोनाभाइरसबाट निकै प्रभावित उत्तरी सहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

न्यू रोशलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो।

कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु
सीमा काट्न एक क्यान्सरपीडितको हारगुहारः त्यसपछि के भयो?
कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने सङ्ख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ।

न्यूयोर्कका गभर्नर कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत: धेरै सङ्क्रमितहरू भएको क्षेत्र रहेको बताए।

न्यूयोर्क सहरको तुलनामा निकै कम जनसङ्ख्या रहे पनि त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।

त्यहाँ न्याश्नल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ।

उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।

क्वारन्टीनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्‍याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।

ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्।

उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षिया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।

ब्रिटेनमा करिब ४०० जनामा सङ्क्रमण भेटिएको छ। ६ जनाको मृत्यु भएको छ।

कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको सङ्ख्या ६३१ पुगेको छ।

त्यहाँ एकै दिन १६८ जनाको मृत्यु भएको छ।

सङ्क्रमितहरूको सङ्ख्या करिब एक हजार थपिएर १० हजार १४९ पुगेको छ।

इटली चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश हो।

चीनमा भने मङ्गलवार १९ जनामात्र नयाँ सङ्क्रमित भेटिएका छन्। जुन अहिलेसम्मकै कम सङ्ख्या हो।

सबभन्दा पहिले कोरोनाभाइरस भेटिएको चीनमा सङ्क्रमितहरूको कूल सङ्ख्या ८० हजार ७५४ छ भने ३ हजार १३६ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ