तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो

सारांश

  • काठमाडौँ, ४ चैत ।
  • सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले दुई रुपैयाँ मात्र घटायो, कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्रा्ष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन ।
  • अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ ।

काठमाडौँ, ४ चैत । सोमबार मात्रै इन्डियन आयल कर्पोरेसनले ७ रुपैयाँ ७२ पैसा घटाएर पेट्रोल पठाउँदा नेपाल आयल निगमले दुई रुपैयाँ मात्र घटायो, कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्रा्ष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन ।

अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ । पछिल्लो पाँच वर्षमा अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६८ प्रतिशत घटेको छ । असार ०७१ मा अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल (१५९ लिटर) १०६ अमेरिकी डलर थियो ।

त्यतिवेला नेपालमा पेट्रोलको मूल्य एक सय ३४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०५.८५ थियो । तर, हाल अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल ३४ डलर कायम हुँदा नेपालमा पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ छ भने डिजेलरमट्टीतेलको मूल्य ९५ रुपैयाँ छ । अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिब्यारेल ७२ डलर घट्दा आयल निगमले सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने डिजेल र विपन्न जनताले प्रयोग गर्ने मट्टीतेलमा १० रुपैयाँ मात्र घटाएको छ । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?