बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल

सारांश

  • हेटौंडा,२८ मंसिर।
  • ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक बर्ष बढ्ने बेरुजु खर्च रोक्नुपर्ने बताउनुभएको छ ।
  • आधारबिना प्रत्येक बर्ष बेरुजु बढ्नु आर्थिक अनियमितता भएको वहाँको भनाई छ ।

हेटौंडा,२८ मंसिर। ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक बर्ष बढ्ने बेरुजु खर्च रोक्नुपर्ने बताउनुभएको छ । आधारबिना प्रत्येक बर्ष बेरुजु बढ्नु आर्थिक अनियमितता भएको वहाँको भनाई छ । महालेखा परिक्षकको कार्यालयको आयोजनामा बिहिबार भएको लेखा परिक्षण सम्बन्धी भएको छलफलमा बोल्दै उहाँले उक्त कुुरा बताउनुभएको हो।

प्रत्येक बर्ष बढ्ने यस्ता खर्चहरुलाई महालेखाले निरुत्साहित गर्नुपर्ने पनि उहाँको भनाई थियो । प्रदेश सरकारले भ्रष्टाचारमुक्त पारदर्शी सरकारको उद्देश्य लिएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेशका खर्चहरुको विवरण जनताले समेत विश्वास गर्ने खालको हुनुपर्ने धारणा राख्नुभयो । लेखा परिक्षणलाई औपचारीकता पुरा गर्ने मात्र नभई पारदर्शी बनाउनुपर्ने्मा वहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले खर्चको प्रणालीमा केहि समस्या रहेको भन्दै नीतिगतरुपमा सच्याउन आबश्यक रहेको बताए । विभिन्न बहानामा बजेट चुहावट भएको भन्दै यसको नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले लेखा परिक्षणको विषयमा अझै पनि धेरैलाई जानकारी नहरेको बताउनुभयो । कार्यक्रममा बोल्दै महालेपरिक्षक टंकमणि शर्माले धेरै वटा चरण पार गरपछि मात्र लेखा परिक्षण सम्पन्न हुने भएकोले यसको विषयमा शंका नगर्न आग्रह गर्नुभयो । सबै खर्चहरुको दुरुस्त कागजात अनुसार नै लेखा परिक्षण हुने उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटा, प्रदेशका मन्त्रालयका सचिबहरु, महालेखा परिक्षकको कार्यालयका प्रतिनधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?