दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

सारांश

  • दमौली।
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
  • मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?