सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न

सारांश

  • बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम मनाइयो ।
  • १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा ३ दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
  • कार्यक्रमको पहिलो दिन मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, दोस्रो दिन २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ गते अन्तिम दिन धुप अर्पण सहित औपचारिक कार्यक्रम गरिएको थियो ।

बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम मनाइयो । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा ३ दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, दोस्रो दिन २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ गते अन्तिम दिन धुप अर्पण सहित औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको अन्तिम दिन आइतबार हिमाली समुदायका साँस्कृतिक नृत्य, गीत तथा झाँकी प्रस्तुत गरिएको थियो ।

रजत जयन्ती भव्यतापूर्वक मनाउन जोरपाटीस्थित रोयल सेतो गुम्बाका प्रमुख गुरु कर्मा तान्पेई ग्याल्छेन रिम्पोछेको निर्देशनमा आचार्य कर्मा रिन्जिन शेर्पाको संयोजकत्वमा उप समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?