‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
३० पटक हेरिएको
Shares
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

सारांश

  • काठमाडौं, पुस ११ ।
  • चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘छाती भरि ब्यथा बोकी आजसम्म जिएको छु’ सार्वजनिक भएको छ ।
  • सार्थक डिजिटल प्रा.

काठमाडौं, पुस ११ । चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘छाती भरि ब्यथा बोकी आजसम्म जिएको छु’ सार्वजनिक भएको छ ।

सार्थक डिजिटल प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतको रचना रविन्द्र जोशीले गरेका हुन् । पछिल्लो समय संगीतमा जम्दै आएका युवा संगीतकार जीवन पन्तले यस गीतमा संगीतको अलि फरक पन दर्शक श्रोता माझ पस्किएका छन् ।

एकपछि अर्को संगीतमार्फत दर्शक श्रोताको मन जित्दै आएका जीवन पन्तको यो वर्ष मात्रै करिब २ दर्जन जति संगीत बजारमा आएका छन् ।

उक्त म्यूजिक भिडियोको निर्देशन रबिन्द्र बरालीले गरेका हुन् भने अभिनय पनि उनी रबिन्द्र र आरिकाको रहेको छ । लक्ष्मण घिमिरेको छायांकन तथा किरण अधिकारीको सम्पादन रहेको उक्त गीतको बजार व्यवस्थापन सार्थक डिजिटल प्रा.लि. ले गरेको छ ।

https://www.youtube.com/watch?v=qlwwirnd79o

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?