‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
सारांश
- भर्खरै मात्र प्रसाद फिल्मको सफलताबाट चर्चामा आएका नायक विपिन कार्कीको अर्काे फिल्म गोपीको पनि ट्रेलर सार्वजनिक भएको छ ।
- हरेक फिल्ममा फरक फरक भुमिकामा देखिँदै आएका विपिन यस फिल्ममा गाई पालक किसानको रुपमा देखिएका छन् ।
- बिदेश नभई स्वदेशमा नै गाई पालन गरेर जीविकोपार्जन गर्न चाहाने युवाको भुमिकामा विपिन देखिएका छन् ।
भर्खरै मात्र प्रसाद फिल्मको सफलताबाट चर्चामा आएका नायक विपिन कार्कीको अर्काे फिल्म गोपीको पनि ट्रेलर सार्वजनिक भएको छ । हरेक फिल्ममा फरक फरक भुमिकामा देखिँदै आएका विपिन यस फिल्ममा गाई पालक किसानको रुपमा देखिएका छन् । बिदेश नभई स्वदेशमा नै गाई पालन गरेर जीविकोपार्जन गर्न चाहाने युवाको भुमिकामा विपिन देखिएका छन् ।
जुन आम युवाहरुका लागि सन्देशमुलक र प्रेरणादायक देखिन्छ । फिल्ममा गाई पालन गर्दा परिवारबाट पाएको असहयोग , बैङकले किसानहरुलाई दिएको पीडा लगायतका बिषयबस्तु फिल्मले उठान गरेका छन् । ट्रेलरमा विपिनका घत लाग्दा संवादहरु समाबेश गरिएका छन् । फिल्म अहिले निर्माण भईरहेका फिल्मभन्दा फरक बिषयबस्तु गोपीले उठान गरेको छ जुन दर्शकहरुका लागि नयाँ हुनेछ ।

फिल्ममा सुरक्षा पन्त , बर्षा राउत ,अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ ।आरोही केसीद्वारा निर्मित फिल्म गोपीमा सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई दीपेन्द्र लामा निर्देशन गरेका छन् जसले यसअघि घामपानी बनाएका थिए । फिल्म माघ १८ बाट अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया