एमालेले चर्का कुरा गर्दा वीपीको १८ महिना सम्झियोस् : चन्द्र भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
५० पटक हेरिएको
Shares
एमालेले चर्का कुरा गर्दा वीपीको १८ महिना सम्झियोस् : चन्द्र भण्डारी

सारांश

  • काठमाडौं, ४ पुस ।
  • नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेलाई चर्का कुरा गर्दा विपीको १८ महिने कार्यकाल सम्झिन आग्रह गरेका छन् ।
  •   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले नेपालमा चर्का कुरा गरेर केही पनि नहुने भन्दै एमालेलाई चर्का कुरा गर्नुपुर्व विपी कोइरालाको १८ महिने कार्यकाललाई सम्झिन आग्रह गरेका हुन् ।

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेलाई चर्का कुरा गर्दा विपीको १८ महिने कार्यकाल सम्झिन आग्रह गरेका छन् ।

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले नेपालमा चर्का कुरा गरेर केही पनि नहुने भन्दै एमालेलाई चर्का कुरा गर्नुपुर्व विपी कोइरालाको १८ महिने कार्यकाललाई सम्झिन आग्रह गरेका हुन् । उनले भने,‘विपीले दुई तिहाई ल्याएको बेला सम्झिनको लागि म अहिले बहुमत ल्याएका दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भण्डारीले राष्ट्रपति विद्या देवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने समेत बताए । उनले थपे,‘राष्ट्रपतिले उक्त अध्यादेश होल्ड गर्न मिल्दैन, प्रधानमन्त्रीले गरेको काममा राष्ट्रपतिले कुनै अमुक पार्टीको नेताले भन्दैमा रोक्न मिल्दैन।’ संविधान जारी गर्दा नै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी दलहरुवीच एकल संक्रमणीय व्यवस्थामा सहमति भएको उनले जिकिर गरे । यद्धपी त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएको उनको स्विकारोक्ति थियो ।

उनले आफूहरु सरकार छोड्न आँतुर रहेको समेत स्पष्ट पारे । भण्डारीले थपे,‘हामी सरकार छोड्न आँतुर छौं, वाम गठबन्धनबाट ओली र प्रचण्ड जो प्रधानमन्त्री बनेपनि फुलमालाले स्वागत गर्न हामी आँतुर छौं।’ उनले चुनाव जितेको मान्छेले दम्भ गर्न नहुनेतर्फ सचेत गराउँदै भने,‘सम्भ भएर बोल्नुपर्छ, बोलीमा लगाम लगाउनुपर्छ, यसो भयो भनेमात्रै मुलुक र जनताको भलो हुन्छ।’

उनले सबै दल मिलेर जारी गरिएको संविधान कार्यान्वयनको चरणमा रहेकोले सबै दल मिलेर जानुको विकल्प नभएको समेत स्पष्ट पारे । उनले भने,‘संविधान कार्यान्वयन गर्नपनि फुट्नुभन्दापनि जुट्नुपर्छ।’

फरक प्रसँगमा उनले वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष सरकार चलाउनेगरि प्रधानमन्त्रीको अफर कांग्रेसले गरेको भन्ने कुरा मिडियामा आफूले सुनेको उल्लेख गर्दै भने,‘मुलुकलाई अब न्याचुरल कोर्समा जान दिनुपर्छ, त्यस बाट गलत गरियो भने बद्मासी हुनसक्छ, नेपाल अड्किएको छ भन्ने कुरा हेरेरमात्रै अघि बढ्नुपर्छ।’रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
पश्चिमी वायुको प्रभाव; वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव; वर्षा र हिमपातको सम्भावना
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
कांग्रेसको कर्मचारी संगठनभित्र वैठक कसले बहिष्कार गरे!
कांग्रेसको कर्मचारी संगठनभित्र वैठक कसले बहिष्कार गरे!
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार
भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार