विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

सारांश

  • काठमाडौँ, ८ पुस।
  • चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् ।
  • सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

काठमाडौँ, ८ पुस। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् ।

गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् । यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दुई लाखभन्दा बढीले श्रम स्वीकृति लिएर विदेशिएकोमा मङ्सिर महिनामा जाने धेरै छन् । विभागका अनुसार सो अवधिमा विदेशिएकामध्ये मङ्सिर महिनामा सबैभन्दा धेरै ५६ हजार ८१० जना श्रम स्वीकृति लिएर गए भने सबैभन्दा थोरै असोजमा १९ हजार ५४२ जनाले मात्रै श्रम स्वीकृति लिएर गएको देखिन्छ । यस्तै ५१ हजार ५०० जना, भदौ महिनामा ३९ हजार ८४७ जना र साउन महिनामा ३२ हजार ५५७ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

मङ्सिरमा श्रम स्वीकृति लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि रहेको छ । मङ्सिरमा साउदीका लागि छ हजार १८२ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीपछि नेपाली श्रमिकको रोजाइ क्रमशः संयुक्त अरब इमिरेट्स ९यूएई०मा पाँच हजार ४३५ जना, मलेसियामा चार हजार ९०५ जना र कतारका लागि तीन हजार ६९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?