म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
सारांश
- काठमाडौं ।
- आसन्न स्थानिय तह २०७९ निर्वाचनको लागी देशभर स्थानिय तहको निर्वाचन नजिकिए संगै विभिन्न राजनितिक दल तथा कलाकार तथा नयाँ अनुहारहरु उम्मेद्वारको लागी मैदानमा उत्रिएका छन ।
- मुलुकभर ३५ हजार २ सय २१ जना जप्रतिनिधि आवश्यक परेपनि डेढ लाख बढि उम्मेद्वारले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।
काठमाडौं । आसन्न स्थानिय तह २०७९ निर्वाचनको लागी देशभर स्थानिय तहको निर्वाचन नजिकिए संगै विभिन्न राजनितिक दल तथा कलाकार तथा नयाँ अनुहारहरु उम्मेद्वारको लागी मैदानमा उत्रिएका छन ।
मुलुकभर ३५ हजार २ सय २१ जना जप्रतिनिधि आवश्यक परेपनि डेढ लाख बढि उम्मेद्वारले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । यसैगरि नयाँ सोच नयाँ योजना र विकाश निर्माणका साथै मुलुकको विकाशमा युवा आवश्यक छ भनेर युवा शक्ति सक्रिय देखिएको छ । यसैगरि कालिका नगरपालीका चितवनको मेयर पदको लागी स्वतन्त्र उम्मेद्वार तर्फबाट चार्टर अकाउन्टेन कृष्ण हरि बुढाथोकीले मनोनयन दर्ता गराएका छन । चार्टर अकाउन्टेनको पेशा त्याएगेर कृष्ण हरी बुढाथोकी मेयर बन्न ईच्छुक भएका हुन् ।
हालसम्म ठूला पार्टीहरुले देशमा घेरै परिवर्तनका लडाइहरु लडे, धेरै परिवर्तनहरु आए पनि तर अहिले यर्थाथ हेर्दा आवश्यक भन्दा अनावश्यक परिर्वतन धेरै रहेको महशुश गरेका बुढाथोकीले कालिका नगरपालीकालाई पार्टीको फोहोरी राजनीतीबाट अलगै राखेर नगर विकाश गर्ने योजनाले मेयर पदको उम्मेद्वारी दर्ता गराएका हुन् ।
स्वयंम चाटर्ड एकाउन्टेन्ट रहेका बुढाथोकीेले कालिका नगर उद्यमीहरुको शहर भन्ने मुल नारा बोकेर चुनावी मैदानमा उत्रीएका छन् । उनले देशको अर्थतन्त्रको वर्तमान समस्या औल्याउँदै देशमा उत्पादन र उत्पादक्त्व बढाउने निती लिएको बताएका छन् । कालिका नगरपालकिकामा २१ प्रतिशत कृषी पशुपालन रहेको औल्याउँदै यसलाई औद्योकिकरण गर्ने एजेन्डा रहेको छ । चाटर्ड एकाउन्टेन्टको रोजगारीको शीलशीलमा विभिन्न पालीकाहरुको अडिट गर्दा देखिएको अनियम्तिताले उम्मेद्वार बुढाथोकीलाई निकै पिरलेको छ ।
उनले कुनै पनि पलीकामा उपलब्धीत स्रोत साधनको पूर्ण उपयोग नभएको महशुश गरेका छन् । उपलब्ध रहेको स्रोत साधको व्यवस्थापन गरि पूर्ण उपयोग गर्ने योजना लिएर स्वतन्त्र उम्मेद्वारको रुपमा कृष्णहरी बुढाथोकीले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
उनको एजेन्डा अन्य पार्टीको झुटो आस्वासन जस्ता् नरहेको औल्याउँदै, उनको एजेन्डा विशुद्ध आर्थीक विकासमा केन्द्रित रहेको प्रस्टाएका छन् । उनले कालिका नगरपालीकामा तीन सय तीस उद्योग कलकारखाना स्थापना गर्ने योजना बनाएका छन् । साना, मझौला तथा ठूला उद्योगको विकाश गर्दै आयात प्रतिस्थापन गर्दै देशको अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ ढकेल्ने योजना सहित बुढाथोकीले मेयर पदको लागि उम्म्द्वारी दर्ता गराएका हुन् । उनले आफ्नो नगरमा कोहि पैसावाल लगानीकर्ता देखेका छन् भने कतै लगानीकर्ताको खोजीमा बसीरहेको आइडिया देखेका छन् त कतै काम गर्ने शक्ती देखेका छन् तर यस विषयलाई व्यवस्थापन गर्न अनेकौँ पहल गर्दा पनि सबै तीन थरीका व्यक्ती तीन तीर भौतारीरहेको देखेरै यस विषयलाई नै सम्बोधन गर्ने मुख्य योजना लिएर उनी चुनावी मैदानमा उत्रीएका हुन् ।
३३० उद्योगलाई एकैसाथ प्रमोट गरिराख्दा केबल ३ उद्योग मात्र सफल भएको अवस्थामा पनि अर्थतन्त्र फराकिलो हुँदै जाने उनको विश्वास रहेको छ । जसको माध्यमबाट रोजगारी, पूँजी, स्रोत साधनहरु पूर्णरुपमा उपयोग गर्न सकिने उनले बताए । आफ्नो बाल्यकाललाई स्मरण गर्दै बुढाथोकीले आफू कालिका नगरपालीकामा पढ्न नपाएर स्कुल पढ्न भरतपुर र कलेज पढ्न काठमाडौं गएको बताए । त्यसपछिको विकल्प भनेको विदेश रहेको बताए । अबको २० वर्षमा पनि सोहि अवस्था रह्यो भने आउँदो पुस्ताको देश प्रतिको सोच र तीनीहरुले गर्ने कार्य कस्तो होला भन्ने विषयमा उनी चिन्तित छन् । यसलाई चिर्न आजैदेखि शिक्षा साथ साथै व्यवाहारीक शिक्षा तथा सिप सिकाइमा नगरपालीका केन्द्रित हुनु पर्ने उनको भनाइ छ ।

कालिका नगरपालीकामा मेयर पदको लागि १० जनाको उम्मेद्वारी दर्ता भएका छन् । जसमध्य एक हुन कृष्ण हरि बुढाथोकी । उनले आफ्नो नगरपालीकामा प्रचार प्रसारमा भन्दा पनि आफ्नो एजेन्डाहरु नगरबासीहरुलाई बुझाउने प्रयासमा रहेका छन् । ठ्याक्कै मेरो समर्थन यती मेरो भोट उती भन्दै कराउनुमा कुनै तुक नरहेको बताउँदै बुढाथोकीले हालसम्म अधिकांश नगरबासीहरुले आफ्नो एजेन्डामा समर्थन जनाएको बताए । आम मानिसको मनोविज्ञानमा दल नै सबै भन्दा ठूलो चिज भन्ने प्रभाव रहेको छ । आम मानिसको यस मानसिकतालाई चिरेर भोट दललाई होइन एजेन्डालाई दिनुु पर्छ भन्ने तर्फ नगरबासीलाई उन्मुख गराउन उनी लागि परेका छन् । दलका उम्मेद्वारले एजेन्डा, योजनाहरु आफ्नो र अर्काको भन्नेमा मात्र विभाजन गर्ने गरेका छन् राम्रो र नराम्रो छुट्याउने गरेका छैनन्, जसका कारण कयौँ राम्रा योजनाहरु लथालिङ्ग अवस्थामा रहेको उनी देख्छन ।
हाल भोट माग्न जाँदा मतदाताहरुको धेरै बानी बिगारिसकेका भन्दै उनले आक्रोश व्यक्त गरे । भोट माग्न जादाँ एजेन्डा भन्दा मदिरा, केहि छाक खाना र केहि सामान्य रकमको माग हुने उनको अनुभव रहेको छ । केहि रकमको निहुँमा भोट बोच्छु भन्नेको यहाँ कमी नरहेको उनले बताए । यस प्रवितिको अन्त्य गर्न उनले पैसा माग्ने मतदाताहरुलाई पैसा कमाउन सिकाउँछु तर पैसा दिन्न भन्ने चटानी अडान लिएर अगाडी बढेका छन् । र यस विषयलाई गम्भीरताका साथ बुझ्न आफ्ना मतदाताहरुलाइ आग्रह गरिहरेका छन् । भोटको लागि पैसा, खाना बाढ्नु भन्दा यस समस्याको गहिराहिमा पुगेर स्थायी रुपमा उन्मुलन गर्नकै लागि स्वतन्त्र पदबाट उनलाई चुनाव जित्न आवश्यक रहेको छ । कालीका नगरपनलीका बाट चिउरी कोरीडरको निमार्ण गरि अर्थतन्त्र उकास्ने निती समेत उनको एजेन्डामा रहेको छ । जसको विकासले पाम आयललाई प्रतिस्थापन गर्ने सकिने उनको बुझाइ छ ।
चाटर्ड एकाउन्टको क्षेत्रबाट उदाएका बुढाथोकीलाई नगरको आय वृद्धि गर्दे आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्ने योजनामा रहेका छन् । उत्पादन बढाउँदै आयातमुखी अर्थतन्त्रबाट अन्तरमुखी अर्थतन्त्र बनाउँने साथै नगरमा शिक्षा, स्वास्थय र व्यवसाय फैलाएर नगरबासी सबैलाई धनी बनाउने उनको सपना रहेको छ । जसकालागि कालिका नगरपालीकाका नगरबाँसी समक्ष उनले भोटका लागि हार्दिक अपील गरेका छन् ।

प्रतिक्रिया