बहुविवाह गरेको १७ वर्षपछि पक्राउ परे जोडी
सारांश
- काठमाडौं ।
- बहुविवाह गरेको १७ वर्षपछि एक जोडीलाई पक्राउ गरेको छ ।
- जिल्ला अदालतले १७ वर्ष अघि एकजोडीलाई बहुविवाह गरेको भन्दै सजाय तोकेको थियो ।
काठमाडौं । बहुविवाह गरेको १७ वर्षपछि एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला अदालतले १७ वर्ष अघि एकजोडीलाई बहुविवाह गरेको भन्दै सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेकालाई पक्राउ गरेको हो । अदालतको फैसलापछि फरार रहेका जोडीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङजामा पेश गरिएको छ ।
ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मंसिरमा जिल्ला अदालत स्याङजा मुद्दा हालेकी थिइन् । २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एकएक महिना कैद र १ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
प्रतिक्रिया