बहुविवाह गरेको १७ वर्षपछि पक्राउ परे जोडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बहुविवाह गरेको १७ वर्षपछि पक्राउ परे जोडी

सारांश

  • काठमाडौं ।
  • बहुविवाह गरेको १७ वर्षपछि एक जोडीलाई पक्राउ गरेको छ ।
  • जिल्ला अदालतले १७ वर्ष अघि एकजोडीलाई बहुविवाह गरेको भन्दै सजाय तोकेको थियो ।

काठमाडौं । बहुविवाह गरेको १७ वर्षपछि एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला अदालतले १७ वर्ष अघि एकजोडीलाई बहुविवाह गरेको भन्दै सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेकालाई पक्राउ गरेको हो । अदालतको फैसलापछि फरार रहेका जोडीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङजामा पेश गरिएको छ ।

ढकालकी जेठी श्रीमती ढाकादेवीले २०५७ मंसिरमा जिल्ला अदालत स्याङजा मुद्दा हालेकी थिइन् । २०५८ असारमा जिल्ला अदालतले दुवै जनालाई एकएक महिना कैद र १ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?