नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपालको समृद्धिमा साथ दिने जापानी भ्रमण दलको प्रतिबद्धता

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टाचार भेटघाट भएको छ ।
  • भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुवै पक्षले बताए ।

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टाचार भेटघाट भएको छ । भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुवै पक्षले बताए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको बताए । जापानको माथिल्लो सदनका चार सदस्यीय प्रतिनिधिमण्डल भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गरे ।

भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद, जनतासम्म प्रगाढ हुने विश्वास लिएको अध्यक्ष तिमिल्सिनाले बताए । सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निर्माणमा संसद लागिरहेको जानकारी गराए । समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अगाडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन, कृषिको आधुनिकीकरण जोड दिइरहेको बताए ।

जापानका जनताबीच सुमधुर सम्बन्ध रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानमा अध्ययन, रोजगारी र व्यापारको सिलसिलामा नेपाली पुगेको बताए ।

जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी ओगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको, यसलाई जनस्तरसम्म पु-याउन आफूहरु नेपाल आएको बताए । ‘हाम्रो पुरानो मित्रराष्ट्र नेपाल स्थायी सरकार बनाएर समृद्धिको यात्रामा बताए । ‘नेपालको यात्रामा सहयोग र साथ दिन तयार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?