कहानी- बिद्रोह

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कहानी- बिद्रोह

सारांश

  • Nawaraj Shameer (Freelance Writer) आमा, म तिम्रो छोरी रमली ।
  • एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु ।
  • तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन ।

Nawaraj Shameer (Freelance Writer)

आमा,
म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । म स्‍मृतिको पन्ना पल्टाएर नौ महिना पछी फर्किन्छु र त्यो रातको घटना सम्झन्छु । सायद माघे सन्क्रान्तीको दिन थियो । बाटो छेउको हाम्रो घर अनी त्यही घरमा खोलिएको भोजनालय । जगत बहादुर लाहुरे हाम्रो घरमा बास बसेको थियो त्यो रात ।
रातको एक बजे मेरो निन्द्रा खुल्यो । चकमन्न रात । लाहुरेको रेडियोमा हिन्दी सिनेमाको गाना बजिरहेको थियो अचानक मैले पल्लो कोठामा तिमी र लाहुरेको यस्तो बार्तालाप सुने (
‘धनमाया,म तिमीलाई छोड्न सक्दिन ‘
‘त्यसो भए मलाई लैजानुस् न त ।’
‘पक्का जाने हो त ?
‘जान्न होला त हजुरले जाउ भने पछी ।’
‘त्यसो भए भोली सखारै हिडौ हामी हुन्छ ?
‘हुन्छ ।’

तिमीले अन्तिम जवाफ दिए पछी खितिती हासेको सुने मैले । तिमीहरु दुबै जिस्किदै थियौ । चुम्बन गरेको आबाज प्रस्ट सुन्दै थिए म । तिमीहरु बिच के हुँदै थियो म मन मनै अनुमान लगाउदै थिए । त्यतीखेर सम्ममा म कुराहरुलाई बिश्लेशण गरेर बुझ्ने र सम्झने भईसकेको थिए । यसर्थ उता तिमीहरु के गर्दै थियौ त्यसको पनि मैले राम्ररी बिश्लेशण गरी नै रहेको थियो त्यो रात ।

भोलीपल्ट गाउ भरी हल्ला फैलियो धनमाया जगते लाहुरेसँग पोईल गैइन ।
तिमी पोईल गएको छ महिना पछी अचानक एक रात भयानक घटना घट्यो । म सुतिरहेको थिए । कोठा पूर्ण रुपमा अन्धकार थियो । एउटा मानब छाया म सुतेको ठाउँ तिर बढ्दै थियो । म चिच्याउन मात्र के आटेको थिए अचानक त्यो छायाले मलाई ग्वाम्म अङालो हाल्यो ।उ रक्सीले नराम्ररी मातिएको थियो । रक्सिको दुर्गान्धले म दिग्मिगाई रहेकी थिए । एउटा हातले मेरो मुख थुनिदियो । कानमा त्यसले कठोर आबाजमा भन्यो ‘नकरा । अरुले थाहा पाए भने तेरो जीवन बर्बाद हुनेछ ।’
आबाज सुने पछी मेरो पुरै शरीर थरर काम्यो । म रोए । म गिडगिडाए
‘बिन्ती छ,यस्तो पाप नगर ।’

‘एक पटक मात्र । फेरी कहिल्यै गर्दिन तिमीलाई यस्तो । आज एक पटक मात्र ।’
मेरा लुगाहरु उतारिन थाले । म रुदै थिए । लुगा उतारिदै थियो । मलाई खाटमा पुरापुर उत्तानो पारीयो । म लाचार थिए । त्यो राक्षस मेरो शरीर माथि लम्पसारियो । सर्पले मलाई डस्न थालयो । म तड्पे । म छटपटाए । मेरा दुई नयनबाट बलिद्र अस्रु धारा बगिरहेको थियो ।

त्यो रात पछी पनि म बलात्‍कृत बन्ने क्रम रोकिएन । हरेक रात रक्सिले मातिएर आउने त्यो नर पिचाशको ज्यादाती मैले सहिनै रहे । मैले ईज्जतको डरले त्यो राक्षसको ज्यादाती सहने काम गरिरहे । तर सहन शक्तिको पनि सिमा हुदो रहेछ । आखिर मैले बिद्रोह गर्नु पर्‍यो । भयानक बिद्रोह । हिजो राती मैले बलात्कारको क्रमलाई भङ गरिदिए । आखिए सहनशिलताको पराकास्ट नाघे पछी मान्छे बिद्रोही बन्दो रहेछ । मैले पनि बिद्रोह गरे । मैले हिजो राती तिम्रो पूर्व पतिलाई खत्तम पारी दिए । रने नाउको राक्षसलाई मैले हसियाले गिडिदिए । म त्यसलाई बाबु भन्दिन । त्यो राक्षस हो । तिमी पोईल नगएको भए शायद यि सब घटनाहरु घट्दैनथ्यो होला । तिमी प्रती पनि म भित्र खसै कुनै सम्मान छैन । तिमीले पनि आफ्नो मात्र स्वार्थ हेरयौ । रनेको लाश खाट मुनी लडाईंदिएकी छु । बिदा पाउ । उही तिम्री अभागी छोरी -रमली ।

धनमायाले पत्र पढ्दा बिहानको आठ बजेको थियो । पत्र पढिसकेर धनमायाले आशु झारिन । भित्र कता कता औडाहा भएर आयो । भक्कानिदै तिनी तला माथी चढिन । कोठा भित्र छिरेर खाटमा घोप्टो पारीन र सिरकको फेरो मुखमा कोचेर घुक्क घुक्क गर्दै रोईन । यता ठीक त्यही बेला रनेको लाश खाट मुनीबाट निकालेर प्रहरिले आगनमा ल्याएर राखिसकेको थियो । मान्छेहरु जम्मा भएर तमासा हेरिरहेका थिए । उता रमली भने यही समयमा रक्सौलबाट रेल चढेर कतै जादै थिई । झ्याल तिर बसेकी रमलीका नयनहरु आकाश तिर हेरेर टोलाई रहएका थिए । रेल एकतमासले दौडिरहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेले गरे चुनावी कार्यक्रम स्थगित, वाम गठबन्धनको प्रचार पनि रोकियो
Internet dating Statistics Demonstrate New Age Marital relationship
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
प्रगति देखाउन प्रधानमन्त्रीले यसरी गरे बठ्याइँ
एकै परिवारका ५ जनालाई खोलाले बगायो
एकै परिवारका ५ जनालाई खोलाले बगायो
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ
यकारण छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ वडाअध्यक्षलार्इ
अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट
अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी

तपाईंले छुटाउनुभयो कि?