हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !

सारांश

  • बाँके, ९ असाेज ।
  • बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ ।
  • साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ ।

बाँके, ९ असाेज ।बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ ।

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज भएको थियो । खारेज हुनुपूर्व उक्त शाखाले नै खजुरामा टावर राखेर हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको थियो । शाखा खारेजीसँगै हावाबाट बिजुली निकाल्न अध्ययन थालिएको उक्त संरचनाको अध्ययन कसले गरिरहेको छ भन्नेमा कसैलाई जानकारी छैन । नियमन गर्ने निकाय नै नभएपछि हावाबाट बिजुली निकाल्नका लागि करीब एक वर्षअघि जडान गरिएका उपकरण प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । लाखौँ खर्चेर बिजुली निकाल्नका लागि ८० मिटर अग्लो पाँच पङ्खा भएको उपकरण जडान गरिए पनि अध्ययन नै प्रभावकारी नभएपछि उपकरण बेकामे भएका छन् । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन शाखाले एशियाली विकास बैंकको सहयोगमा मध्य तथा सुदूरपश्चिम नेपालका जिल्लामा हावाको वेग र दिशा मापन गर्न उक्त उपकरण जडान गरेको थियो । क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा करीब एक वर्षअघि उक्त उपकरण जडान गरिए पनि अहिलेसम्म हावाबाट बिजुली निकालेको आफूहरूले थाहा नपाएको क्षेत्रीय कृषि तालीम केन्द्रका कर्मचारीको भनाइ छ ।

जिससका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले पनि सोबारे अनभिज्ञता प्रकट गर्नुभयो । “उपकरण जडान भएको वर्ष दिन हुँदासम्म न कोही मान्छे आउँछन् न बिजुली नै निस्किएको छ, ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी बालुवामा पानीझै देखिएको छ”, क्षेत्रीय कृषि तालीम केन्द्रका एक कर्मचारीले भन्नुभयो, “टावर मात्रै ठडिएको छ ।” प्राविधिक रूपमा सहयोग गर्ने भन्दै आएको वैकल्पिक ऊर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँमा हावाबाट विद्युत् निकाल्न यसअघि प्रतिमेगावाट करीब रु दुई करोडका दरले सरकारसँग बजेट माग गरेको थियो । वायु ऊर्जा उत्पादनका लागि आवश्यक सूचना सङ्कलन गरिरहेको सुने पनि त्यस्तो प्रभावकारी रूपमा सूचना सङ्कलनको कामसमेत गरेको नदेखिएको खजुरा गाउँपालिका–३ का युवा सतिश निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको रेखदेखको जिम्मेवारी जिससले नै लिनुपर्छ, शाखा खारेज भयो भन्दैमा राज्यले लगानी गरेको लाखौँको सम्पत्ति बेवारिसे छोड्न मिल्दैन । जिससले जिम्मेवारी नलिने हो भने सम्बन्धित स्थानीय तहलाई जिम्मा दिनुपर्छ ।”

अध्ययन थालिएको दुई वर्षसम्म प्राप्त हुने तथ्याङ्कका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुने बताइएको थियो तर तथ्याङ्कको अद्यावधिक कसले र कसरी गरिरहेको छ भन्ने नै कसैलाई जानकारी छैन । खजुराकै स्थानीय युवा किरण ढकाल भन्नुहुन्छ, “हावाबाट बिजुली निकाल्न टावर ठड्याइएकोसुनेको थिएँ, अहिलेसम्म यो विषयमा कसरी अध्ययन भइरहेको छ भन्ने जानकारी छैन ।”तराइका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विद्युत् विकास विभागबीच समन्वय अभावमा खजुराको योजना अघि बढ्न नसकेको जानकार बताउँछन् । दुई निकायले आपसमा समन्वय गरी यसको रेखदेख र अध्ययन थाल्नुपर्ने ढकालको भनाइ छ । उहाँले भन्नुभयो, “हावाबाट बिजुली निकाल्न लगानीकर्तालाई लाइसेन्स दिने काममा विद्युत् विकास विभागको भए पनि विभागले यसबारे कुनै चासो देखाएको छैन ।”

(लाेकान्तर बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु
ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ
झापामा चार भारतीयसहित आठ जना यौनकर्मी पक्राउ