एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगले पत्र काट्यो !
सारांश
- काठमाण्डौ ।
- केही दिनअघि मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।
- आयोगले अध्यक्ष ओलीलाई पत्र काटेको छ भने प्रेस चौतारी नेपाललाई स्पष्टीकरण सोधेको छ ।
काठमाण्डौ । केही दिनअघि मौन समयमा पत्रकार सम्मेलन गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ । आयोगले अध्यक्ष ओलीलाई पत्र काटेको छ भने प्रेस चौतारी नेपाललाई स्पष्टीकरण सोधेको छ । सोमबार प्रेस चौतारी नेपालको आयोजनामा अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलनको आयोजना गरी सरकार र सत्तारुढ दलप्रति असन्तुष्टि जाहेर गरेका थिए । त्यसको दुई दिनपछि निर्वाचन आयोगले ओलीलाई पत्र काटेको हो । पत्रकार सम्मेलन भएलगत्तै आचारसंहिता विपरित पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष ओली विरुद्ध उजुरी परेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया