तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा

सारांश

  • सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
  • अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ ।

सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।

यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड १९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड १९ सम्बोधन योजना बनाएका थिए ।

यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ श्यया रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड १९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३.३ प्रतिशत अस्पतालमा मात्र कोभिड १९– को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।

तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड १९– को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताउनुभयो ।

अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ श्यया, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड १९–बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।

(Buy Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा

तपाईंले छुटाउनुभयो कि?