सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
२८४ पटक हेरिएको
Shares
सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

सारांश

  • चौतारा, ५ जेठ ।
  • सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
  • उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?