प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता
सारांश
- काठमाडौं, २६ मंसिर – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।
- मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
- उक्त भेटम भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।
काठमाडौं, २६ मंसिर – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।
मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त भेटम भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।
विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए ।
उनले आजै जानकी मन्दिरमा पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया