सरकारको बचाउन गर्न प्रचण्डको निर्देशन
सारांश
- काठमाडौं।
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाउ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
- पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबारको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व उभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्।
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाउ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।
पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले बुधबारको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व उभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन्। पार्टी स्थायी समितिका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरे।
स्थायी समितिका सदस्यहरुले राखेको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। परिमार्जित सो प्रतिवेदनले पार्टी र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्दैै पार्टी एकतालाई अझ बलियो बनाउने अध्यक्ष दाहालको विश्वास थियो।
अध्यक्ष दाहालले पार्टी स्थायी समितिको जारी बैठकले पार्टीलाई एकतावद्ध मात्रै बनाउने नभई सरकारलाई सफल बनाउन पनि बलियो आधार प्रदान गरेको दाबी गरे। अध्यक्ष दाहालले बैठकमा पार्टी नेतृत्वले गरेको गल्ती औंल्याउने काम समेत स्थायी समिति बैठकमा भएको भन्दै त्यसलाई सच्याउँदै अघि बढने धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए। मंसीर २९ गतेबाट जारी पार्टी स्थायी समितिको बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठाइएको प्रश्नको जवाफ अध्यक्ष दाहालले दिएका हुन्।
बिहीबार बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनेछन्। सोही बैठकले सो राजनीतिक प्रतिवदेनलाई परिमार्जन गर्न आवश्यक कार्य दल बनाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा अध्यक्ष दाहालले सदस्यहरुले दिएको विचार, सुझाव र आलोचनाको सकारात्मक पक्षलाई समावेश गर्दै प्रतिवेदनलाई परिमार्जन गर्न कार्य दल बनाउन सकिने प्रस्ताव गरेका थिए।
प्रतिक्रिया