साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?

सारांश

  • बीबीसी।
  • शीत युद्धका बेला साउदी अरबका निकै गम्भीर मानिने मानिस रुसी नेतालाई ‘गडलेस कम्युनिष्ट’ भन्थे।
  • त्यो समय यो अकल्पकीय थियो की कुनै पनि रुसी नेताको साउदीमा स्वागत हुनु।

बीबीसी। शीत युद्धका बेला साउदी अरबका निकै गम्भीर मानिने मानिस रुसी नेतालाई ‘गडलेस कम्युनिष्ट’ भन्थे। त्यो समय यो अकल्पकीय थियो की कुनै पनि रुसी नेताको साउदीमा स्वागत हुनु। तर चीज अहिले धेरै परिवर्तन भइसकेको छ। र, यसै हप्ता रुसी राष्ट्रपति भ्यादिमीर पुटिनको साउदीमा भव्य स्वागत गरिएको छ।

रुसी राष्ट्पतिलाई साउदीमा १२ तोपको सलामी दिइएको थियो। समारोहमा साउदी राजा सलमान बिन अब्दुल अजीज अल सउद र राजकुमार मोहम्मद बिन सलमान पनि सहभागी थिए। उत्तरी सीरियामा कुर्दका विषयमा साउदी वर रुसबीच कयौं द्विपक्षीय सम्झौता र क्षेत्रीय अवस्थाका विषयमा समीक्षा भएको बीबीसीले जनाएको छ।

राष्ट्पति पुटिन आफ्नो १२ वर्षे कार्यकालमा पहिलो पटक साउदी अरबको भ्रमणमा निस्किएका हुन्। यो भ्रमण जति अभूतपूर्व थियो, त्यति नै बहुप्रचारित पनि। पुटिनसँग व्यापार, सुरक्षा र रक्षा अधिकारीको एउटा प्रतिनिधिमण्डल पनि थियो, जसले त्यहाँ २ अर्ब डलरको द्विपक्षीय सहमति गरे र यस क्रममा २० भन्दा धेरै सम्झौताको घोषणा गरे।

साउदी अरबले रुसलाई १४ सेप्टेम्बर सरकारी तेल भण्डारमा भएको डेन आक्रमणका विषयमा भइरहेको अन्तर्राष्ट्रिय छानवीनमा सहभागी हुन निमन्त्रण गर्यो। रक्षा मामिलामा रुसी एयर डिफेन्स मिसाइल एस–४०० खरिद र भविष्यमा त्यसको तैनाथीका विषयमा पनि चर्चा भएको थियो, जुन अमेरिकाका लागि एउटा रानीतिक झट्का समान हो।

जब २०१७ मा तर्कीले रुसीबाट एस–४०० मिसाइल डिफेन्स सिस्टम किन्ने सम्झौता गरेको थियो, तब अमेरिकाले यदि तर्कीले त्यसो गर्यो भने अमेरिकाले एफ–३५ युद्धक विमान दिने सम्झौता रद्द गर्ने चेतावनी दिएको थियो। विगतका दिनमा रुससँग भएको सहमतिप्रति टर्की अगाडि बढेपछि अमेरिकाले टर्कीसँग भएको एफ–३५ मिसाइल विमान दिने सम्झौता रद्द गरेको थियो।

साउदी र रुसबीच जुन २०१८ देखि नै द्विपक्षीय व्यापारमा वृद्धि भएको छ र अहिले दुवै देशबीच तेल उत्पादनमा प्रतिबन्ध लगाउने विषयलाई लिएर भएको सहयोगपछि तेलको विश्व मूल्य बढेको छ।
रुसी राष्ट्पतिको यो भ्रमणका क्रममा नै रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पनि लगानी गर्ने घोषणा गरेको छ।

यी सबै विषयले साउदी र रुसबीचको गहिरो सम्बन्धको संकेत गर्छ। १९८० को दशकमा अफगान मुजाहिद्दिनलाई लिएर विवाद थियो। स्पष्ट शब्दमा भन्ने हो भने आज साउदीलाई अमेरिका र पश्चिमा मुलुकप्रति धेरै विश्वास रहेन, जति उसले पहिला गर्ने गरेको थियो। तर यसको अर्थ के पनि होइन भने साउदीले अब रुसको भरोसा गर्छ।

तर मध्यपूर्वमा यो दशकको घटनाबाट साउदी थिंक टं्यांक यो विषयमा विचार गरिरहेको छ।
यसको सबैभन्दा ठूलो झट्का अरब स्प्रिंग प्रोटेस्टलाई २०११ मा लाग्यो। अमेरिकी दबावमा जुन तीव्रतासँग तीन दशकसम्म इजिप्टका राष्ट्पति होस्नी मुबारकको शासन अन्त्य भयो, त्यसले साउदी अरब र खाडीका अन्य साम्राज्यमा डर र त्रास पैदा भएको थियो।

त्यसको विपरित उसले रुस चारैतर्फबाट घेरिएको मध्यपूर्वको सहयोगी सीरियाका राष्ट्रपति खबर अल–असदको उभिएको विषयमा ध्यान दिन सकेन। त्यसपछि अर्को झट्का त्यतिबेला लाग्यो जतिबेला अमेरिकी राष्ट्रपति बराम ओबामाले २०१५ मा इरान परमाणु सम्झौताको समर्थन गरेका थिए। उक्त सम्झौतापछि साउदी अरब निकै असहज भएको थियो। साउदीलाई के लाग्यो भने

ओबामा प्रशासनको मध्यपूर्वमा रुची सकिएको हो?
अमेरिका अहिले पनि साउदी अरबको प्रमुख सुरक्षा साझेदार हो। यसको सुरुवात अमेरिकी राष्ट्पति फ्र्यांकलिन रुजबेल्ट र साउदी राजा अब्दुलअजीज इबन सौदको एक अमेरिकी युद्धपोतमा भेट भएपछि १९४५ बाट भएको हो। त्यो बेला साउदी अरबले भविष्यमा तेलको आपूर्ति बनाइ राख्ने ग्यारेन्टी दिएको थियो। त्यसपछि अमेरिकाले सुरक्षा प्रदान गर्ने जनाएको थियो। तर त्यो सम्झौतापछि ढुलमुलको स्थिति बन्यो, जुन अहिले पनि जारी छ।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?