OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे

सारांश

  • चीनमा विश्वकै सबैभन्दा ठूलो दावी गरिएको लामखुट्टे भेटिएको छ ।
  • सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुको लामो प्रयासपछि उक्त लामखुट्टे बारे जानकारी आएको हो ।
  • पखेटा फैलाउदा यो लामखुट्टेको आकार ११ दशमलब एक पाँच सेन्टिमिटर पुग्छ ।

चीनमा विश्वकै सबैभन्दा ठूलो दावी गरिएको लामखुट्टे भेटिएको छ । सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुको लामो प्रयासपछि उक्त लामखुट्टे बारे जानकारी आएको हो । पखेटा फैलाउदा यो लामखुट्टेको आकार ११ दशमलब एक पाँच सेन्टिमिटर पुग्छ । हालोरुसिया मिकादो प्रजातिको यो लामखुट्टे सबैभन्दा पहिले जापानमा देखिएको थियो ।

 

चीनमा गत अगष्टमा पहिलोपटक यो प्रजातिको लामखुट्टे फेला परेको हो । यो लामखुट्टे देख्दामा निकै डरलाग्दो देखिन्छ । तर यसले मानिसको रगत चुस्दैन । फलफूलको रसलगायतका साकाहारी वस्तु नै यसका मूख्य आहारा हुन् । विज्ञहरुका अनुसार विश्वमा लामखुट्टेका हजारौँ प्रजाति छन् । त्यसमा झन्डै १ सय जति प्रजातिका लामखुट्टेले मात्र मानिसको रगत चुस्ने तथा अन्य खाले स्वास्थ्य समस्या सिर्जना गर्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?